
पूर्णपुष्टि, वैशाख १९ गते ।
जिल्लाको लिम्चुङबुङ गाउँपालिका–३ नगरेमा उदयपुरकै सबै भन्दा ठूलो गौतम बुद्धको मुर्ती निर्माण गरिएको छ । जिल्लाकै ठूलो तथा मजबुत बुद्धको मुर्ती काठमाडौंको कारिगरहरुलाई मगाएर निर्माण गरिएको हो । प्रकृतिक रुपले सुन्दर रहेको लिम्चुङबुङमा बुद्धको मुर्ती बनेकोमा थप सुन्दरता थपिएको छ ।
बुद्धको मुर्ती शान्तीको प्रतिक भएकाले गाउँमा बसोवास गर्ने समग्र स्थानियको लागि अत्यन्त राम्रो हुने विश्वास छ ।

