Wednesday, June 10News That Matters

लिम्चुुङबुुङको प्रचारमा मधेश/प्रदेश पुगे अध्यक्ष राई

पूर्णपुष्टि,फागुन १२ । पर्यटनको नयाँ गन्तब्यको रुपमा परिचित उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई र सिरहाका लहान नगरपालिका र सुरुङगा नगरपालिकाका मेयरबीच आज भेट तथा पर्यटकीय संवाद भएको छ ।

लिम्चुङबुङको पर्यटकीय स्थलहरु र सम्भावनाको बारेमा प्रचारसहित अध्यक्ष राई मधेश प्रदेश पुुगेका हुुन् । उनले पर्यटन विकास तथा प्रचार–प्रसार सहकार्य प्रस्ताव राखेका छन् । सुरुङ्गा नपाका मेयर गिता चौधरीले स्वागत गर्दै पर्यटनमा सहकार्य र समन्वय गर्ने बताएकी छिन् । थारु सिपले बनेको ढकी उपहार प्रदान गर्दै चौधरीले तराई र पहाडलाई जोडेर पर्यटन विकास गर्दा दुुबै पालिकालाई फाईदा पुुग्ने बताइन् । त्यस्तै लहान नपाका मेयर महेशप्रसाद चौधरीले अध्यक्ष राईलाई पालिकामा स्वागत गरे । उनले लहानलाई लिम्चुङबुङ हुुदै हलेसी जोड्न सके पर्यटकीय विकासको सम्भावना राम्रो देखेको बताए । भेटमा अध्यक्ष राईले दुुबै मेयरलाई लिम्चुङबुङ भिजिटको निम्तो दिएका छन् ।

अध्यक्ष राईले लिम्चुुङबुुङ एभरेष्ट भ्यूटप आफैमा अति रमणीय स्थल रहेको र त्यहाँबाट सगरमाथा लगायत ८ हजार माथिको ६ वटा हिमाल दृष्यावलोकन गर्न सकिने बताए । साथै त्यहाँबाट देखिने सुुर्योदय नेपालकै उत्कृष्ट किसिमको रहेको दावी गरे । वारी लिम्चुङबुङ, पारी हलेसी हुुनुु र हिमश्रृङ्खलाहरु देखिनुु पालिकाका लागि बरदान सावित भएको उनको भनाई छ । मेयर चौधरीद्वय र लिम्चुङबुङ अध्यक्ष राईबीच सिरहाको लहानबाट काभ्रेपानी हुुदै नेपालटार–लिम्चुुङबुुङ–हलेसी जोड्ने पर्यटकीय सडकको विशेष चर्चा भएको छ । सो सडकले पर्यटकको घुुइचो बढाउने र पर्यटकीय विकास हुने सम्भावना उनीहरुले देखेका छन् । खासगरी भारतको विहार र आसपासका पर्यटकलाई लिम्चुङबुङ हुदै हलेसीको दर्शन र यात्रा गराउन सकिने अवस्था छ । तराई र पहाडको संस्कृतिको विकासमा सहकार्य गर्दै पर्यटन विकास र सुमधुर सम्बन्ध बढाउन सकिने देखिएको छ ।

लहानबाट लिम्चुङबुङ हुदै हेलेसी करिब ८० किलोमिटर मात्र दुुरी पर्ने अध्यक्ष राईले बताए । जवकी अहिले लहानबाट मिर्चैया– कटारी हुुदै हलेसी पुुग्न १५५ किलोमिटर दुुरी छ । यो दुरी झण्डै दोब्बर हो । स्थानीय सरकारहरु अहिले सो पर्यटकीय सडक निर्माणको गतिमा पहल गरिरहेको प्रदेश सांसद नारायण बुर्जाले बताए । त्यसका लागि आफुले सहयोग गरिरहेको उनले बताए । केही दिनअघि सुरुङगा नपा र उदयपुरको उदयपुरगढी गाउँपालिका जोडिने बाउन्नखोला र बलानखोला पुल उद्घाटन भई सञ्चालनमा आइसकेका छन् । समन्द्रदेखि सगरमाथा जोड्ने उद्देश्य अनुरुप लिम्चुङबुङ–हलेसी पर्यटकीय सडक अन्तर्गत ती पुलहरु निर्माण गरिएका हुुन् ।