
धानकुटा, माघ ९ गते ।
लिम्बु पत्रकार संघ शाखा धनकुटामा प्रेमा मादेम्बा चयन भएकी छिन् । अधिवेशनले प्रेमाको नेतृत्वमा ६ सदस्यीय कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा धनबहादुर लिम्बु चयन भएको छ भने सचिवमा विनु चेम्जोङ र कोषाध्यक्षमाा चन्द्रकला लिम्बू सर्वसहमतबाट चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा आशिष लावती, गीता चेम्जोङ, दिवा चेम्जोङ चयन भएको संघले जनाएको छ ।
लिम्बु पत्रकार संघका केन्द्रिय अध्यक्ष देवेन्द्र खापुङको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । त्यस्तै केन्द्रीय उपाध्यक्ष बिजय लावति, सचिव दिनेश लिम्बु, जनजाति पत्रकार संघका अध्यक्ष सन्तविर लामा, फोनिजको प्रदेश महासचिव बिदुर खवास, प्रेश सङगठन धनकुटाका सह–सयोजक ईश्वर थापा लगायत उपस्थिति रहेको थियो ।
