Saturday, May 16News That Matters

लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

पूर्णपुष्टि, असार १० 

सर्लाहीको एक नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् ।

हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवन भित्रैबाट पक्राउ गरिएको र थप अनुसन्धान भईरहेकोे जनाईएको छ ।