Monday, April 27News That Matters

लेबनानको राजधानी बेरुतमा विस्फोटमा परी ७० जनाको मृत्यु

पूर्णपुष्टि, साउन २१

लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा करिब ७० जनाको मृत्यु भएको छ भने ४ हजार भन्दा बढी घाइते भएका छन् ।

भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेकोे छ ।

उनले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसको जनाईएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्ने भएको छ ।

त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २ सय ४० किलोमिटर पर साइप्रससम्म सुनिएको थियो । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ ।

अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन ।