
राजेन्द्र दुष्ट
बेल्टार/माघ ५ गते ।
सवारी दुर्घटनामा मृत्यु भएका वडा सदस्यको आज विहान धर्म सस्कार अनुसार अन्त्यष्टि गर्ने भएको छ । शनिबार अटो दुर्घटनमा मृत्यु भएका जन्तेढुंगा गाउँपालिका–१ का वडा सदस्य गणेश खड्काको आज विहान हिन्दु सस्कार अनुसार कोशी घाटमा अन्त्यष्टि गर्ने भएको हो ।
सदस्य खड्काको निधन प्रति गहिरो शोक समबेदना प्रकट गर्दै एक दिन पालिकाले सार्वजानिक विदा दिईएको छ । बेल्टारमा यात्रु पु¥याएर घर फर्किने क्रममा शुक्रबार राति चौदण्डीगढी नगरपालिका–१ को छुईलामा स १ ह ३२३७ नम्बरको अटो दुर्घटनामा परी खड्काको मृत्यु भएको थियो ।
वडाध्यक्ष केदारमान राईले राष्ट्रिय झन्डा र नेकपा जन्तेढुंगाउँपालिका अध्यक्ष यम राई र सचिव वन्द्रि राईले पार्टीको झन्डा ओडाएर श्रदाञ्जली दिईएका थिए । खड्काको अन्त्येष्टिमा सयाँैको संख्यामा आफन्त, ईष्टमित्र नेकपाका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहको वडाध्यक्ष केदारमान राईले बताउनुभयो ।
