
मिलन परियार
लिम्चुङ्बुङ, असार १५
लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ ।
पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार, शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती प्रवद्र्धनमा २ लाख ८५ हजार, चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए ।
चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार तर्फ ४० हजार, युबा तथा खेलकुद तर्फ ४० हजार र वडा कार्यलय फर्निचर ब्याबस्थापनमा २ लाख ५० हजार विनियोजन गरीएको मध्ये ९५ प्रतिशत काम र रकम भुक्तानी भैसकेको छ । बाँकी काम सन्चालन भैरहेको छ भने असार २५ गतेसम्म काम सम्पन्न गरी भुक्तानी लिई सक्ने वडा कार्यालयले जनाएको छ ।
