
पूर्णपुष्टि, पौष १०
त्रियुगा नगरपालिका वडा नं १४ ले वडावासीलाई न्यानो कपडा वितरण गरेको छ । बिषेशगरी वडाका जेष्ठ नागरिक, अपाङगता, एकल महिला, कम्जोर व्यक्ति, दलित र विपन्न परिवारहरुलाई जाडो बाट बचाउन न्यानो कपडाको सहयोग गरेको वडा अध्यक्ष कुरुङ राईले बताउनुभयो ।
अध्यक्ष राईका अनुसार आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई मध्येनजर गर्दै न्यानो कपडा वितरण गरिएको बताउनुभयो । हाल जाडो मौसमको समयमा कतिपय परिवारहरु न्यानो कपडा विनै रातदिन कटाउन बाध्य रहेको अवस्थामा त्यस्ता परिवारका जेष्ठ नागरिक लगाएत अन्यलाई वडाले न्यानो कपडा वितरण गरेको राईले बताउनुभयो ।
वडा सचिव रितकुमार राउतका अनुसार एक सय १० जनालाई जाडोमा प्रयोग हुने न्यानो सामाग्रीहरु वितरण गरिएको बताउनु भएको छ । वडाले करिब चार लाख पचास हजार रुपैया बराबरको समाग्री वडावासीलाई बितरण गरिएको राउतले बताउनुभयो ।
वडा सदस्य हेम मगरले जाडोबाट वडावासीलाई बचाउन न्यानो कपडा वितरण गरेको बताउनुभयो । मगरले हालको समय अनुसार जेष्ठ नागरिक, बालबालिका, विपन्न परिवार, अपाङगता, एकल महिला र कमजोर क्षेमताको व्यक्तिहरुलाई जाडोबाट बचाउन स्थानीय सरकारको पनि मुख्य भमिका रहेको बताउनुभयो ।
