Saturday, June 13News That Matters

वन डिभिजन बाराका अधिकृतमाथि दुव्र्यवहार, कोल्हवी–५ का वडाध्यक्ष पक्राउ

पूर्णपुष्टि, फागुन २७ । वन डिभिजन बाराका अधिकृतलाई दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी रहेका छन् ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।