
कात्तिक ५ गते ।
आज कोरियन वन, रिंगिट र कुवेती दिनारको भाउ बढेको छ भने ओमानी रियाल र बहराइन दिनारको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियालको भाउ केही घटेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने मलेसियन रिंगिट १ कोे खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको छ ।
