Sunday, June 28News That Matters

वर्षाले सीमास्तम्भ ढल्यो

पूर्णपुष्टि, असार २४

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाको नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला परेको छ ।

सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार कार्य नहुँदा ढलेको हो ।

बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।

सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए ।