Thursday, July 2News That Matters

वामदेव गौतमको मुद्दा हेर्दाहेर्दैमा

पूर्णपुष्टि, असोज १६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ हुने भएको छ । शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।
यो मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीशहरुको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गर्नुभएपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।

गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चले यसअघि नै आदेश दिइसकेको छ । गौतमले पद तथा गोपनीयताको सपथ लिइ सक्नुभएको छ ।