Wednesday, June 3News That Matters

वारको पुस्तकालय भवन मेयर चौधरीद्वारा उद्घाटन

पूर्णपुष्टि (उदयपुर), फागुन २७ ।
नेपाल बार एशोसिएसन उदयपुर इकाइको पुस्तकालय भवन आज उद्घाटन भयो । त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले पुस्तकालय भवनको उद्घाटन गर्नुभयो ।
कानुनी ज्ञानहरुको अध्यायन केन्द्रको रुपमा पुस्तकालय निर्माण गर्ने उद्देश्यले पुस्तकालय भवन निर्माण गरिएको वारका अध्यक्ष श्यामानन्द चौधरीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधिसहरु, वारका पूर्व अध्यक्षहरु, वकिलहरुको सहभागिता थियो । मेयर चौधरीले त्रियुगा नगरपालिकाको सहयोगबाट निर्मित भवनलाई प्रविधियुक्त पुस्तकालय बनाउन सहयोग गर्ने बचन दिनुभएको छ । मेयर चौधरी सो बार इकाईको पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।