Tuesday, May 12News That Matters

विद्यालको अध्यक्ष तथा प्रधानाध्यापक घुस रकमसहित पक्राउ

पूर्णपुष्टि, जेठ २० गते ।
महोत्तरीको श्री माध्यमिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापक समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका–२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित पक्राउ परेका हुन् । उनीहरुलाई अख्तियार दुरुपयोग अननुसन्धान आयोगको टोलीले बिहितवार पक्राउ गरेको हो ।
उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई सेवाग्राहीबाट ५० हजार घुस लिएको अख्तियारले जनाएको छ ।