
उदयपुर, माघ ५ गते ।
भर्खरै पारीत भएको सुचना प्रविधि विधेयक लगायतका विधेयक फिर्ता लिनु पर्ने भन्दै उदयपुरमा नेपाली काँग्रेसले विरोध गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । यस्ता विधेयकहरुले नागरिक अधिकार र लोकतन्त्रको आत्मा मानिएको स्वतन्त्रताको हत्या हुने भन्दै जिल्ला प्रमुख अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो ।
विधेयको विरोध गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रि केपी शर्माओली समक्ष पुग्ने गरी ज्ञापन पत्र बुझाएको थियो । सरकारले नागरिक सर्वाच्चोता , लोकतन्त्र एवं बिधिको शासन बिरोधि सूचना प्रबिधि बिधेयक , नेपाल विशेष सेवा गठन , संचालन सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकको विरुद्ध देश ब्यापी कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाएको नेपाली काग्रेस उदयपुर जिल्ला क्षेत्रिय सभापति भोजराज खतिवडाले बताए ।
वियेधकहरु फिर्ता नलिए अवका दिनमा पार्टीले अझ शसक्त विरोधका कार्यक्रमहरु संचालन गर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
