Sunday, May 3News That Matters

विपतको बेला त्रियुगाको वडा नं.१६ का ३० परिवारलाई राहत वितरण

पूर्णपुष्टि, असार २४

ओरेक उदयपुरले कोभिड–१९ दु्रत प्रतिकार्य समुह तथा वडा कार्यालयसँगको सहकार्यमा त्रियुगा नगरपालिकाको वडा नं. १६ मा बुधबार राहत वितरण गरेको छ । कोभिड–१९ को विषम परिस्थिती अति जोखिमा परेका सुत्केरी गर्भवती अपाङता, अति विपन्न ३० घरपरिवारका महिलाहरुलाई खाद्यन्न राहत सहयोग गरेको हो ।

वडा नं. १६ का अध्यक्ष मान बहादुर राईको अध्यक्षता, विहानी महिला सस्थाका अध्यक्ष कुमारी राई, जिल्ला कोभिड दु्रत प्रतिकार्य समुहका फोकल पर्सन सागर नेपाल ओरेक उदयपुरका अध्यक्ष रामवती चौधरी, कार्यक्रम संयोजक पम्फा पुरी, बाला कार्की, लिला बालम्पाखीको सहभागिताका सो राहत वितरण कार्यक्रम सम्पन्न गरेका थियो ।

राहत वितरण कार्यक्रममा सहभागिले यस्तो महामारीको समयमा गरेको सहयोग प्रति संस्था तथा सरोकारवाला निकाय प्रति धन्यवाद दिएका थिए । ओरेक नेपालले उदयपुर जिल्लाका विभिन्न स्थानमा गरी १५० घरधुरीका लागि  राहत वितरण कार्य गरिरहेको छ ।