Friday, May 15News That Matters

विप्लव निकट विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष द्धारा पार्टी परित्याग

उदयपुर/मंसिर, ७

नेत्रविक्रम चन्द विप्लव पार्टी निकटको विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) उदयपुरका जिल्ला उपाध्यक्ष तायनसरी राईले पार्टी परित्याग गरेकिछिन् ।

त्रियुगा नगरपालिका १२ डिएमगेटकी चन्द्र बहादुर राईको छोरी सो पार्टीमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी स्वतन्त्र जिवन यापन गर्दै अध्यापनमा लाग्ने बताउँदै पार्टी परित्याग गरेकी हुन् ।

उनले जिल्ला प्रशासन कार्यलयमा पुष ६ गते विज्ञाप्ती जारी गर्दै आजकै मितिबाट आफु अखिल क्रान्तिकारीको कुनै क्षेत्रमा नरहेको र साधारण सदस्य समेत नहुने कुरा उल्लेख गरेकीछिन् ।

राईले विप्लवको विद्यार्थी संगठनमा जिल्ला उपाध्यक्षको रुपमा रहेपनि कुनै पनि प्रकारको जिम्मेवारी निलिएको र राज्य र जनताप्रति कुनै पनि नकरात्मक कार्यहरु नगरेको विज्ञाप्तीमा उल्लेख छ ।

उनले सरकारबाट प्रतिवन्दीत पार्टी समेत  रहेको कुरापनि आफुलाई थाहा नभएको र यसबारे जानकारी पाएपछि आफुले यसमा कुनै पनि जिम्मेवारी नलिने र पार्टी परित्याग गरी अध्यानमा लाग्ने विज्ञाप्तीमा उल्लेख गरेकीछिन् ।