Monday, April 20News That Matters

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

पूर्णपुष्टि, फागुन १७

नेपाल सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ गरेको छ ।

सुस्लिङलाई चन्दा आतंक मचाएको आरोपमा आइतबार साँझ महोत्तरीको गौशाला नगरपालिकाबाट पक्राउ परेको हो ।

प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको संयुक्त टोलीले गौशाला नगरपालिका–११ स्थित तारेचौरीबाट महोत्तरी–सर्लाही इन्चार्ज सुस्लिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।