
पूर्णपुष्टि, पुष २६ । उदयपुर, मोरङ, ओखलढुंगा र सोलुखुम्बुको छुट्टा छुट्टै स्थानहरुबाट विभिन्न मुद्वाका ७ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मुद्धामा फरार रहेका उनिहरुलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कार्यालयका अनुसार चोरी मुद्धाका २ जना, ठगी मुद्धाका १ जना, अभद्र व्याबहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना रहेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना
भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
