
कात्तिक ८ गते ।
मेक्सिकोमा एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुदा पाँच जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएपनि यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानएका छन् ।
विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ ।
विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ ।
