Sunday, June 21News That Matters

विराट शिक्षण अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि नै कुटपिट

पूर्णपुष्टि, जेष्ठ ४

विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएका विरामिहरुको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि हिजो राति आक्रमण भएको हो ।

सडक दुर्घटनामा घाइने भएका दुईजनाको उपचार गरिरहेको अवस्थामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड–१९ फोकल पर्शन सुनील देवले बताए । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

मोरङ प्र्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो ।

उनले आरोपीलाई पक्राउ गरिएको बताए । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले आक्रमण गरेको दावी गरेको छ ।