
पूर्णपुष्टि, वैशाख ५ गते ।
विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको २० प ५०१० नम्बरको मोटरसाइकल चारी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डललाई प्रहरीले पक्राउ गरको हो ।
उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
