Thursday, April 30News That Matters

विराटनगरबाट सम्पर्कविहिन भएकी १ वर्षीया बालिकाको भारबाट उद्धार

पूर्णपुष्टि, साउन ४ गते ।
विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरीले नाबालिकालाई लिएर जाने अन्जली साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा उनले राजविराजको सीमा क्षेत्रमा लगेर बालिकालाई अर्का व्यक्तिको जिम्मा लगाएको खुलेको थियो ।
दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अञ्जलीले नाबालिकालाई लिएर हिँडेकी थिइन् । लगत्तै उनले प्रहरी कहाँ छोरी अपहरित भएको भन्दै उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको पाइएको थियो । बालिकालाई अपहरण गरेपनि उनीहरुले फिरौती माग्न पाएका थिएनन् ।
‘प्रहरीले तत्काल सूचना पाएर मुख्य व्यक्तिलाई समात्न सकेकाले फिरौती माग्न नपाउँदै बालिकाको उद्धार भयो’ एक अनुसन्धान अधिकृतले बताए ।