
पूर्णपुष्टि, बैशाख ३० । भोलि बिहीबारदेखि विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक सुरु हुँदैछ । प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा हुने यस बैठकमा गृहमन्त्री रमेश लेखकको विशेष उपस्थिति रहने छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार विराटनगरस्थित होटल एसियाटिकमा आयोजना हुने यस बैठकमा प्रदेशका सबै १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि गृहमन्त्री लेखकले बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकका लागि गृहमन्त्री लेखक मंगलबार नै विराटनगर आउँदै छन् । यस महत्वपूर्ण बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको पनि उपस्थिति रहने छ । प्रदेशस्तरीय यस सुरक्षा बैठकले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेको समग्र सुरक्षा अवस्थाको समीक्षा गरी आगामी रणनीति तय गर्ने छ।
