Sunday, May 31News That Matters

विराटनगरबाट काठमाडौं पुगेकी एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

पूर्णपुष्टि, पुष १८
विराटनगरबाट काठमाडौं पुगेकी एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिनामंगल बस्ने विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सौर्य एयरलाईन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाईन्सका स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी सौर्य एयरलाईन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।