Thursday, June 4News That Matters

विवाह भोजमा चक्कु प्रहारबाट ४ घाइते : १ पक्राउ, ९ अझै फरार

पूर्णपुष्टि,वैशाख १५ गते ।
विवाह भोजमा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बढा, तुलसी बढा र खगेन्द्र बुढा चक्कु प्रहारबाट घाइते भएका हुन् ।
बुधवार स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।
स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाई रहेकोछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छ भने अन्य फरार रहेका छन् ।
चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था गम्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात(खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।