
उदयुपुर/चैत्र,२७
उदयपुरगढी गाउँपालिकाको वडा नं ७ अँधेरीमा विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूहले ९५ घर परिवारलाई खाद्यन्न राहत प्याकेज बाँडेको छ ।
यो महामारीको अवस्थामा समूहले बन बाट आएको आम्दानीलाई सदुपयोग गरी अहिलेको संक्रमण कालमा उपभोक्तारु खाद्यन्न अभावले बाँच्न कठिन भएको भन्दै पहिलो प्राथामिकताका साथ खाद्यन्न वितरण गरेको समूहले बताएको छ ।
बिभिन्न ठाउँहरुमा राहत बाँड्ने कार्य भइरहेपनि सरकारले अति विपन्न परिवारलाई मात्रै खाद्यन्न प्याकेज बाँड्दै आइरहेको छ । तर समूहले भने ३ तरिका बाट राहत प्याकेज उपभोक्तहरुलाई बाँडेको छ ।
विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर बस्नेतका अनुसार समूहमा रहेका सबै उपभोक्ताहरुलाई राहत प्याकेज वितरण गरिएको जनाउनुभएको छ । बस्नेतले अति बिपन्न परिवारलाई ३५ केजी चाम, विपन्नलाई २५ केजी, र मध्यम विपन्नलाइ २० केजीको दरले राहत वितरण गरिएको हो । राहत प्याकेजमा चामल, तेल, नुन, दाल, सावुन साथै माक्स पनि वितरण गरिएको छ ।
प्याकेजमा चामल मात्रै फरक रहेपनि अन्य सामाग्रीहरु २ पोका नुन, २ पोका तेल २ केजी दाल, ४ डल्ला सावुन र प्रत्येक घरको प्रत्येक व्यक्तिहरुलाई माक्स वितरण गरिएको अध्यक्ष वस्नेतले जनाउनुभयो ।
लकडाउन थपिदैँ गएको अवस्थामा दैनिक रुपमा ज्याला मजदुरी मात्रै नभई अन्य परिवारहरु समेत प्रभावित हुन थालेको कुरालाई मध्यनजगर गर्दै सबै परिवारलाई खाद्यन्न बाँडेको बस्नेतले बताउनुभयो । बस्नेतले यो अवस्थामा विपन्नहरुलाई राहतले सम्पन्न नगरे अवस्था नाजुक हुने बताउनुभयो ।
यस्तै जिल्ला वन डिभिजन कार्यलय उदयपुरका प्रमुख अम्विका प्रसाद पौडेलले माहामारीको रुपमा नेपालभरी नै सर्वसाधरणहरुको नाजकु अवस्थालाई केन्द्रिय, प्रदेश र स्थानीय सरकारले राहत प्याकेज बाँडीरहेको अवस्थामा वन उपभोक्ता समूहको स्थानीय स्रोतले पनि जनताहरुलाई सहयोग पुराएको बताउनुभएको छ ।
यस्तै प्रदेश सांम्सद नाराण वुर्जामगरले अहिलेको यो अवस्थालाई बिभिन्न चोनौतीको बाबजुत पनि काट्नु पर्ने अवस्था रहेको बताउनुभयो । यो अवस्थामा कामहरु केही गर्न नसकिने हुदा सतर्कतामा रहेर जनताहरु सुरक्षित रहनु पर्ने भन्दै राहत वितरण अहिलेको अति आवश्य रहेको बताउनुभयो । उहाँले विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूहलाई यस कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
राहत प्याकेज पाएका परिवारमा अहिले खुसी छाएको छ । काम पनि गर्न नपाउने घरमा खाने अन्न पनि नहुने हुदा उपभोक्ताहरु समस्यामा परेको थियो । राहतले केहि समयको लागि भएपनि सहुलियत हुने समूहका एक उपभोक्ता होम वस्नेतले बताउनुभयो । उहाँले लकडाउनले सबै कामहरु ठप्प हुदा घरमा खाएर बस्नु पर्ने बाध्यता छ । तर खाने अन्न पनि कतिको घरमा सकिएको र कतिकोमा सकिने अवस्था भएको छ बस्नेतले भन्नुभयो । उहाँले यसले केही समय सम्म पुग्ने भएपनि फेरी लकडाउन थपिने क्रम जारी रहेमा फेरी उस्तै समस्या हुने बताउनुभयो । उहाँले समयको परिस्थति अनुसार यस्तो सहयोग कार्यको अपेक्षा गर्नुभएको छ ।
राहत प्रदेश साम्सद नारायाण बुर्जामगर, उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानु कुमारी राउत, डिभिजन कार्यलय उदयुरका प्रमुख अम्विका प्रसाद पौडेल, र उपभोक्ता समितिको अध्यक्ष भिमवहादुर वस्नेत लगाएतले वितरण गर्नु भएको थियो ।
