
पूर्णपुष्टि, ८ जेष्ठ ।
विश्वव्यापी खुल्ला भर्चुअल गजल प्रतियोगितामा उदयपुरकी सुमी पोखरेल प्रथम भएकी छिन् । विश्व नेपाली साहित्य माहासंघको आयोजनामा बैशाख २४ मा भएको अनलाईन गजल प्रतियोगिताको निर्णयकबाट बेलका नगरपालिका वडा नं २ भागलपुरकी सुमी प्रथम भएकी हुन् । त्यस्तै स्याङजाकी भावना लामिछाने दोस्रो र लम्जुङका प्रमोद थापा तोस्रो भए । प्रथम, दोस्रो र तेस्रोले क्रमश ः रु २५ हजार, २० हजार र १५ हजार सहित प्रमाण पत्र पनि प्राप्त गरे । यता दाङका धनसिङ गिरी, सिन्धुपाल्चोकका आर्य आयुसा, र तनहुका नवराज न्यौपाने पनि पुरस्कृत भए । गिरीले १० हजार नगद प्रमाण पत्र पाए भने आयुसा र न्यौपानेले रु ५ हजारको दरले नगद र प्रमाण पत्र पाए । गजल प्रतियोगिताको आयोजना
प्रतियोगितमा बिजयी प्राप्त गर्ने सबैलाई सोमवार नेपाल प्रज्ञा (प्रतिष्ठानका कुलपति भुपाल राईले प्रदान गरेको छ । परस्कार अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा प्रदान गरिएको थियो ।
सुमीले लामो समय देखि मोफसलमा रहेर गजल, कविता लेख्दै आएकी थिईन् । यससगै अघिल्लो वर्ष बिमल स्मृति पुस्तकालय धरान द्वारा आयोजिक राष्ट्रब्यापी खुला कविता प्रतियोगितामा समेत उनी सान्त्वना हुन सफल भएकी थिईन्।
