
पूर्णपुष्टि, असार २०
विश्वको विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ५ लाख २९ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १ करोड १२ लाख ७ हजार ५ सय ४० जना भन्दा बढी संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
उक्त संक्रमित मध्ये ६३ लाख ६३ हजार ६ सय ९६ जना उपचारपछि निको भएका छन् । अहिले करिब ४३ लाख २४ हजार २ सय ८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८ सय ४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विश्वमा सवै भन्दा बढी कोरोना संक्रमणबाट अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै २८ लाख ९१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको जनाईएको छ ।
