Saturday, June 27News That Matters

विश्वमा कारोना संक्रमितको संख्या १ करोड ११ लाख बढी

पूर्णपुष्टि, असार २०

विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । विश्वका विभिन्न देशमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । उक्त संक्रमित मध्ये ५ लाख २९ हजार १ सय २७ जनाको मृत्यु भईसकेको जनाईएको छ ।

विश्वमा सवै भन्दा बढी अमेरिकामा २८ लाख ९० हजार बढीमा कोरोना संक्रमण भएको छ भने अहिलेसम्म उक्त संक्रमितमध्ये १ लाख ३२ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ ।

ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६३ हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।