Friday, May 22News That Matters

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी

पूर्णपुष्टि, असार १४

विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ । विश्वको विभिन्न देशमा अहिलेसम्म १ करोड ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट ५ लाख ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने  १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसतै ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित मध्ये ८ हजारभन्दा मृत्यु भएको छ ।

भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३ लाख १० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।