Wednesday, June 10News That Matters

विश्वमा ९ करोड १० लाखभन्दा धेरैले कोरोना मुक्त

पूर्णपुष्टि, फागुन १९

अहिलेसम्म विश्वमा ९ करोड १० लाखभन्दा धेरैले कोरोनाले जितेका छन् ।

११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै जना कोरोनामुक्त भइसकेको वर्ल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट विश्वमा २५ लाख ५८ हजार जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख जना अहिले विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमितमध्ये पनि ९९.६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै जनाको अवस्था सामान्य छ । ०.४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै जनाको मृत्यु भईसका छन् भने २ करोड ९३ लाखभन्दा धेरै जना सङ्क्रमित भएका छन् ।