
पूर्णपुष्टि, साउन २१
आज वीरगञ्ज कारागारमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
