
पूर्णपुष्टि, बैशाख २८ गते ।
पर्साको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जको लिंकरोडमा स्थित सामुदायिक रेडियोको स्टेशन प्रवेश द्धारबाट आज दिउँसो पत्रका यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादव नयाँ पत्रिकाको पर्सा संवाददाता पनि हुन ।
प्रहरीले पक्राउको कारण खुलाएको छैन । पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै पत्रकारहरु जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन् ।
पर्सामा केही समयदेखि पत्रकारमाथि आक्रमणका घटना बढेको भन्दै पत्रकार, सञ्चारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।
