पूर्णपुष्टि, पौष १ गते ।
काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जंगलमा वृद्धाको हत्या गरेर लटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर–६ घर भएका नरेन्द्र शिवभक्ति रहेका छन् ।
मंसिर २२ मा तारकेश्वर नगरपालिका–६ पुसल घर भएकी ९० वर्षीया डिल्ली पुतुवार पारिवन पाखा सामुदायिक वनमा मृत भेटिएकी थिइन् । नरेन्द्रले हत्या गरेर मृतकको साथमा रहेको सुन र नगद लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए ।
उहाँका अनुसार“ वृद्धाले साथमा सँधै नगद राख्ने गरेको थाहा पाएर नरेन्द्रले पारि गाउँमा राहत बाँड्ने निउले लगी बीच जंगलमा पुगेपछि ढुंगाले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको हो । घटनाबारे थप अनुसन्धान र कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपीलाई प्रहरी वृत बालाजुमा पठाएको छ ।
