Thursday, June 18News That Matters

वेस्टह्यामले ४३ वर्षदेखिको उपाधि खडेरी तोड्दै जित्यो युरोपा कन्फेरेन्स लिग

पूर्णपुष्टि, जेष्ठ २५ । इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले ४३ बर्षको उपाधि खडेरी तोड्दै युरोपा कन्फेरेन्स लिग जितेको छ । बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै वेस्टह्यामले उपाधि चुमेको हो ।

वेष्टह्यामले पछिल्लो पटक १९८० मा एफए कप जितेको थियो । वेस्टहमले युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता जितेसँगै अर्को सिजन दोस्रो श्रेणीको युरोपा लिगमा स्थान पक्का गरेको हो ।

फाईनल खेलको ६२ औं मिनेटमा पेनाल्टीमार्फत वेस्टहमले आग्रता लिएको थियो भने खेलको ६७ औं मिनेटमा फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले गोल गर्दै खेल १–१ को बराबरी बनाए । त्यसपछि खेलको अन्तिम ९०औं मिनेटमा बोवेनले गोल गरेपछि वेस्टह्रामले उपाधि जितेको हो ।