
पूर्णपुष्टि, असोज २८
कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ ।
काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गते देखि खोल्ने तयारी गरिएको मन्दिर व्यवस्थापकहरुले जनाएको छ ।
दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको जनाएको छ । तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गत चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।
अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिर खुल्ला गर्ने निर्णय गरिसकेको छैन ।

