Tuesday, June 30News That Matters

शनिबार पनि बैंक खुल्ने

पूर्णपुष्टि, असार २७

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको हो ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।

चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।