Tuesday, April 21News That Matters

शनिबार लकडाउनको अवज्ञा गर्ने शुन्य

पूर्णपुष्टि, बैशाख ७ गते । 

उदयपुरको सदरमुकाम गाईघाटमा लकडाउनको २६ औँ दिन कसैले लकडाउनको अवज्ञा गरेको पाईएको छैन । लकडाउन सुरु भएपछि दैनिक रुपमा कलडाउनको अवज्ञा गर्नेलाई प्रहरीले कारबाहि गर्दै आएपनि शनिबार कसैलाई कारबाही गर्नु नपरेको प्रहरीले जनाएको हो ।

भुल्के स्थित मस्जिदमा रहेको १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सर्वसाधरण आफै सतर्क हुदै लकडाउनको पालना गरेको पाईएको छ । लकडाउनको पालना गर्दै घरमा बस्नु पर्नेमा लकडाउन उल्ङ्घन गरी बजारमा अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्दै आएको थियो ।

तर भुल्केमा कोरोना संक्रमित पुष्टि भएपछि सर्वसाधरण आफै सतर्क हुदै बजारमा अनावश्यक हिड्डुल नगरेकाले कसैलाई कुनै प्रकारको कारबाही गर्न नपरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी तैनाथ खटाईएको छ ।