Wednesday, June 10News That Matters

शाहीखोलामा पक्की पुलको शिलान्यास

पूर्णपुष्टि,बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ राजावास–बैरेनी–भान्टाबारी जोड्ने शाहीखोलामा पक्की पुल बन्ने भएका छन् । शनिवार राजाबार स्थित शाहीखोलामा निर्माण हुन लागेको पक्की पुलको त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले शिलान्यास गरेको हुन् ।

नगर प्रमुख बस्नेतले यस क्षेत्रमा पुल नहुदा प्रत्यक बर्ष बर्खामा राजावास–बैरेनी–भान्टाबारीका जनताले सास्थी खेप्दै आउँँनु परेको बताए । त्रियुगा नगर विकास समृद्ध नगर बाउँनको निमित्त आफुले बिभिन्न सरोकारवालाहरुसंग पहल गरेको उनले बताए ।

पुल निर्माणको लागि हिम निर्माण सेवाले ४ करोड ५ लाख रुपैयाँमा आगामी २०८२–०१–१२ गते निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता गरेको छ । बन्न लागेको पुलको लम्बाई ४० मिटर रहने निर्माण कम्पनीले बताएको छ ।

शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिका-८, का अध्यक्ष राजकसमार राउत वडा नं.-४,का अध्यक्ष बद्रि बस्नेत लगाए अन्य स्थानीयहरुकोे उपस्थित रहेको थियो ।