
पूर्णपुष्टि, जेठ ३१ गते ।
धनकुटामा शिक्षकले श्रीमतीमाथि खुर्पा प्रहार गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षका जसन तामाङले श्रीमती सुनिता तामाङमाथि खुर्पा प्रहार गरेको हो ।
खुर्पा प्रहारबाट गम्भीर घाइते सुनिताको बाँया खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
खुर्पा प्रहारबाट घाइते सुनिता रक्ताम्मे अवस्थामा छिमेकमा शरण लिन पुगेको स्थानियहरूले बताए । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
