Sunday, June 14News That Matters

शुभम फाउण्डेसनका संथापक र नेर्देशक प्रवन्धकमाथि लागेको यौनदुर्वयव्हार आरोपको छानविन गर्न समिति गठन

पूर्णपुष्टि, जेठ ७ । खोटाङको मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मास्थितमा रहेको शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक मदन राई र निर्देशक प्रवन्धक सुर्य बहादुर राईमाथि लागेको यौनदुर्वयव्हार आरोपको छानविन गर्न समिति गठन गरेको छ । नगरपालिकाले फाउण्डेसनका संस्थापक र निर्देशक प्रवन्धकले छात्रामाथि यौनदुव्यवहार गरेको भन्ने समाचार सञ्चार माध्यममा सार्वजनिक हुन थालेपछि सत्यतथ्य छानविन गर्न समिति गठन गरेको बताएको छ ।

सामाजिक विकास समितिका संयोजक दानबहादुर राईको संयोजत्वमा पाँच सदस्यीय समिति छानविन गठन गरिएको नगर प्रवक्ता दिनेश घिमिरेले जनाकारी दिए । उक्त गठन भएको समितिले केहि समय यता सञ्चार माध्यममा तथा सामाजिक संञ्जालमा संम्प्रेषण भईरहेको समाचारको सत्यतथ्य पत्ता लगाएर त्यसको प्रतिवेदन नगरपालिकालाई बुझाउनु पर्नेछ ।

प्रवक्ता घिमिरेद्धारा निकालिएको नगरपालिकाको विज्ञप्तीमा ‘उक्त विद्यालयको वैकल्पीक र व्यवहारिक शिक्षको अभियान उल्लेखनिय र अनुकरणीय रहेको सर्वविदीतै रहेको र देशभरी नमुना विद्यालयको रुपमा सञ्चालित यस्तो प्रकारको विद्यालय नगरपालिकाको गौरवको विषय रहेको ’ उल्लेख गरिएको छ । यस घटनासँग विद्यालय र विद्यार्थीको भविष्य जोडिएकोले सञ्चार माध्यममा समाचार प्रकाशन तथा सामाजिक सञ्जालमा पोष्ट गर्दा पूर्वाग्राही रुपमा प्रस्तुत नभई जिम्मेवारी पूर्वक आफ्नो धारण सार्वजनिक गर्न उक्त विज्ञप्तीमा अनुरोध गरिएको छ । संस्थापक मदन राईलाई बैशाख २९ गते प्रहरीले फाउण्डेसनबाटै पक्राउ गरेको थियो । बैशाख ३१ गते पक्राउ परेका राईको जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको थियो ।