Tuesday, April 28News That Matters

शून्य खनजोत प्रविधिबाट मकैखेती शुरू

पूर्णपुष्टि, पुष ४ । झापाका तीन स्थानीय तहमा कृषि ज्ञान केन्द्रले शून्य खनजोत प्रविधिबाट मकैखेती गर्न थालेको छ । कृषि अनुसन्धान निर्देशनालय तरहराको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकामा १०÷१० कट्ठा क्षेत्रफलमा यो प्रविधि प्रयोग गरिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो प्रविधिले धान काटेको खेतमा खनजोत नगरी एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । यसले उत्पादन लागत घटाउनुका साथै माटोको गुणस्तर सुधार गर्ने बताइएको छ । गत वर्ष जिल्लामा ४४ हजार हेक्टरमा मकैखेती गरिएको र प्रतिहेक्टर सात टन उत्पादकत्व रहेको जनाइएको छ ।