
पूर्णपुष्टि, बैशाख ३० गते ।
लकडाउनले बन्द रहेको शेयरबजार अव २ घण्टा कारोबार हुने गरी खुलेको छ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार विहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने गरी खुलेको हो ।
लकडाउनले बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको नयामक निकाय धितोपत्र बोर्डले जनाएको छ । अब शेयर कारोबारमा २ प्रतिशतको वृद्धि आउने बित्तिकै सर्किट ब्रेक लाग्नेछ ।
प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने छ । कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ ।
