
मोरङ, भदौ १४ गते ।
मोरङको लेटाङमा श्रीमतीले खुकुरी प्रहार गरी आफ्नै श्रीमानलाई घाईते बनाएको छ । लेटाङ नगरपालिका – ४ निबासी ५१ वर्षीय मगमाया राईले श्रीमान ५१ वर्षीय सुनबहादुर राईलाई घाईते बनाएको हो ।
घरायसी विवाद हुदा साँझ ५ बजे राईले श्रीमानको हात र खुट्टामा खुकुरीले काटी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते सुनबहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
