
पूर्णपुष्टि,पुष २१
ईलाममा आफ्नै श्रीमतीको हत्यको आरोपमा श्रीमान पक्राउ परेको छ । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या थियो ।
हत्यको खबर प्राप्त भएसंगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको थियो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको छ ।
