
पूर्णपुष्टि, कार्तिक ११
उदयपुर घर भएकी एक महिलालाई मट्टितेल खन्याएर आगो लगाएको अभियोगमा उनकै श्रीमान ललितपुरबाट पक्राउ परेको छ । गोदावरी नगरपालिका झरुबासीस्थित आज बिहान २७ वर्षीया मुना मगरमाथि मट्टितेल खन्याएर आगो लगाइएको अभियोगमा २८ वर्षीय राजु देसारलाई प्रहरीले पक्राउ हो ।
चापागाउँ घर भएका देसारलाई आफ्नै श्रीमतीलाई आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मुनाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।
‘बिहान करिब ४ बजेतिर खबर आएको हो । उनीहरू झरूबासीमा कारखानामा बस्ने रहेछन्,’ महर्जनले भने, ’श्रीमानले आफूमाथि मट्टितेल खन्याएर आगो लगाइदिएको भनेका छन्। श्रीमानले भने उनी आफैंले आगो लगाएको बताएका छन् ।’
घाइते भएकी मुनाको चिउँडोमुनिको भाग जलेको छ । अहिले उनी बोल्न सक्ने भएपनि अवस्था गम्भीर रहेको महर्जनले जानकारी दिनुभयो ।
‘बोल्न सक्ने अवस्थामै हुनुहुन्छ । चिउँडोदेखि अगाडिको भाग जलेको भन्ने छ,’ उनले भने । प्रहरीकाअनुसार उनको ४० प्रतिशत शरिर जलेको छ ।
