Sunday, May 17News That Matters

श्रीमान बचाउन श्रीमतीको आग्रह

राजेन्द्र दुष्ट
बेल्टार/फागुन ४ गते ।

चौदण्डीगढी नगरपालिका–४ भोर्लेनी निबासी ३२ वर्षीय भिम राईलाई बचाउन उनकी श्रीमतीले आग्रह गरेकी छिन् ।  मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते भएका श्रीमानलाई बनाउनका लागि उनकी श्रीमती ज्ञानु राईले सबैसंग आग्रह गरका हुन् ।

ग्रीलको सामानहरु लिएर आउने क्रममा गत माघ २५ गते बेलका नगरपालिकाको आम्बासी चोकमा दुर्घटना भएको थियो । बसाहाको वीरेन्द्र चोकमा सामान्य ग्रील उद्योग सञ्चालन गर्दै आएका राईको आर्थिक अवस्था कम्जोर भएकोले उपचारको लागि नगरपालिका, वडा कार्यालय, छरछिमेक लगायत सबैसंग सहयोग मागिरहेको र सहयोगको निम्ति सबैसंग आग्रह गरीरहेको उनकी श्रीमती ज्ञानुले बताईन् ।

घाईते राईको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको उनकी श्रमती ज्ञानुले बताईन् । श्रीमानको थप उपचार खर्च ५ लाख रुपैया आवश्यक परेकाले सबैसंग सहयोगको अपिल गरेको बताईन् । दुर्घटनामा भिमको टाउको, अनुहार र छातिमा गम्भिर चोट लागेकोले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उनकी श्रीमति ज्ञानुले बताईन् ।