Tuesday, May 5News That Matters

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

सुनसरी, साउन २९ गते ।

सुनसरीको बर्जुमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बर्जु गाउँपालिका – ५ पुरानो नहर टोल निबासी २६ बर्षीय प्रदिप यादवले २३ वर्षीय श्रीमती अवन देवी यादवलाई कुटपिट गर्दा मृत्यु भएको हो ।

मंगलबार विहान घरायशी बादबिबादमा यादवले श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी थिईन् । घाईते यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा साँझ करिब ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

श्रीमती कुटपिट गरि फरार रहेका अभियुक्त यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।