
सोलु, जेठ ९ गते ।
सोलुखुम्बु सोताङमा श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमति पक्राउ परेको छ । आफ्नै श्रीमानलाई खुकुरी प्रहार गर्ने सोताङ निबासी ४६ बर्षीया परीमाया राईले पक्राउ परेको हो ।
घरमा बसिरहेका ४५ बर्षीय प्रतापसिंह राईलाई हिजो दिउसो साढे ३ बजे परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । प्रहरीमा खबर हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सोताङबाट खटेका प्रहरी टोलीले परीमायालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
